३० असार २०८३, मंगलबार

दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ८ माघ । दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको र अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।