३० जेष्ठ २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ माघ । मोरङको लेटाङमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–५ खेरुवामा को १८ प ६२८२ नम्बर मोटरसाइकल दुर्घटना पछाडि सवार १८ वर्षीय जेनिस राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

मोटरसाइकल चालक लेटाङ–५ का २९ वर्षीय विजय मगर घाइते भएका छन् । उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ । उक्त मोटरसाइकलमा तीनजना सवार रहेको प्रहरीले जनाएको छ । तेस्रो व्यक्ति घटनालगत्तै फरार छन् । उनको पहिचान खुलेको छैन ।