२० असार २०८३, शनिबार

संसदीय समितिका सभापतिलाई सभामुखले बोलाए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लाग्नुभएको हो । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सांसदहरुका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लाग्नुभएको हो । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।