६ असार २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै, यस्तो छ कार्यक्रम

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

हेटौंडा, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा आउँदै हुनुहुन्छ ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका उहाँ यहाँ आउन लागेको राप्रपा मकवानपुरले जनाएको छ ।

पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।

उहाँ हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौंडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नुहुनेछ ।

उहाँले हेटौंडा-५ स्थित हेटौंडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यतालिका रहेको पनि राप्रपा मकवानपुरले जनाएको छ ।