२८ जेष्ठ २०८३, बिहिबार

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताउनुभयो । क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

यसअघि उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि रु ५० हजार, निर्माण धमलाको उपचारका लागि रु एक लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि रु ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि रु एक लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि रु ६० हजार र विपना गिरीको उपचारका लागि रु २४ हजार सहयोग गरिसकेको छ ।