१८ असार २०८३, बिहिबार

चितुवा मृत अवस्थामा फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ७ माघ । शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा शनिबार चितुवा मृत अवस्थमा फेला परेको छ ।

सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो । ‘सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ’, उहाँले भन्नुभयो, ‘चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।’

सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उहाँले बताउनुभयो ।