
झापा, ६ माघ । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राईको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।
शनिबार बिहान साँढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया