२५ जेष्ठ २०८३, सोमबार

उपलब्धी उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताउनुभयो ।

संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उहाँले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ्य प्रतिस्पर्धाले कहीँ नपुगिने बताउनुभयो ।

सिंहले कोशी प्रदेशबाट उम्मेदवार रहेका गठबन्धन उम्मेदवार जिताउनका लागि लाग्न आग्रह पनि गर्नुभयो । उहाँले कांग्रेस उमेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिनुभएको छ ।