११ श्रावण २०८३, सोमबार

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय : बाबुराम भट्टराई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । पूर्वप्रधामन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रोजगारीको खोजीमा युवाहरू रूस-युक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको शवसम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय भएको बताउनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो बताउनु भएको हो । ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस-युक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !’ उहाँले लेख्नुभएको छ, ‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस् । नत्र समयले कसैलाई पर्खनेछैन ।’