
हेटौंडा, ६ माघ । भोलि आइतबार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।
हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयो । पार्टी जिल्ला समितिको शुक्रबार बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उहाँले बताउनुभयो । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं ।’ जिल्ला अध्यक्ष सापकोटाले भन्नुभयो ।
पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ। उहाँ हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि जानुहुनेछ ।









प्रतिक्रिया