
काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका ४० जना नेताहरु पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुली, प्रदेश कमिटी सदस्य मनोहर ढकाल, बासु भट्ट एमालेमा प्रवेश गर्नुभएको हो ।
यस्तै, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिवसबाबु खडका सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा अबिर र खादा लगाएर स्वागत गर्नुभयो ।









प्रतिक्रिया