२० असार २०८३, शनिबार

प्रचण्ड इतिहासकै कमजोर शासक : शंकर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेपालको स्वाधिनता, स्वाभिमान र राष्ट्रियताको प्रश्नमा सबैभन्दा कमजोर शासकको रूपमा अहिलेको सरकार देखा परेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले इतिहासमा यति कमजोर र निरिह शासक जसले राष्ट्रियताको सवालमा सवाल गर्न समेत आँट गर्न नसक्ने र आदेशको पालना मात्रै गर्ने यसअघि नदेखिएको स्पष्ट पार्नुभएको हो ।

उत्पादन नै नभएको विद्युत व्यापारका नाममा जनताकोबीचमा भ्रम सिर्जना गर्ने र नेपालको उर्जा क्षेत्रको लाभ भारतीय शासक वर्गलाई सुम्पिने काम भएको उहाँको भनाइ छ ।

अझै पनि कतिपय गाउँमा विद्युत पुग्न नसकेको र पुगेको ठाउँमा पनि पर्याप्त नरहेको अवस्थामा विद्युत उत्पादनको क्षमता विस्तार गरेर खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।