२१ असार २०८३, आइतबार

धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकारले बनायो समिति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा अर्थसचिव डा. कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य हुनुहुन्छ ।

समितिले बोर्डको अध्यक्ष छनोटको सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ।

कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ।