९ असार २०८३, मंगलबार

सामसङ ग्यालेक्सीको एआई फिचर्स एस २४ सिरिज फोन सार्वजनिक, यस्तो छ विशेषता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । सामसङ ग्यालेक्सीको एआई फिचर्स एस २४ सिरिज सार्वजनिक भएको छ ।

सामसङले आफ्नो नवीनतम एस सिरिजको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस २४, एस २४ प्लस र एस २४ अल्ट्रा सार्वजनिक गरेको छ । यी फोनहरूमा कम्पनीले पछिल्लो समयकै सबैभन्दा शक्तिशाली एआई फिचर्स जडान गरेको दाबी गरेको छ ।

एस २४ सिरिजमा क्वाड क्यामेरा सेटअप, शक्तिशाली स्न्यापड्र्यागन प्रोसेसर, ठूलो ब्याटरी क्षमता, उन्नत डिस्प्ले लगायतका फिचर्स रहेका छन् ।

यसैगरी, ग्यालेक्सी एआईका फिचर्सले पनि यी फोनलाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

फोटो खिच्नेदेखि लेखन र संवादसम्मको क्षेत्रमा सहायता गर्ने फिचर्सका साथ एस २४ सिरिजले मोबाइल एआईको नयाँ युग सुरु गरेको सामसङको दाबी छ ।

एस २४ अल्ट्राको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने एस २४ प्लसको मूल्य १ लाख ४२ हजार ९९९ र एस २४ को मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको सामसङले जनाएको छ ।

नेपाली बजारमा ग्यालेक्सी एस २४ सिरिज आगामी माघ २३ गतेदेखि बिक्रीमा आउनेछ । यसको प्रिबुकिङ भने सुरु भइसकेको कम्पनीले जनाएको छ ।