१५ असार २०८३, सोमबार

२ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई नगद २ करोड रुपैयाँसहित पक्राउ गरेको छ ।

बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उहाँलाई पक्राउ गरेको हो । अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।  उहाँमाथि कर चुहावटको आरोप लागेको छ ।

उहाँमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।