
काठमाडौं, ४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधीविरूद्वको आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेमाथि विरोधीले जुनसुकै बेला प्रहार गर्न सक्ने भएकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिनुभएको हो ।
यस्तै अवस्था रहिरहे मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?,’ ओलीले भन्नुभयो, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभी पापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’








प्रतिक्रिया