२० असार २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गर्नु भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।