२१ असार २०८३, आइतबार

एकैपटक पाँचवटा लोकसेवाको परीक्षामा उत्तीर्ण भएकी मनीषालाई एमाले अध्यक्ष ओलीको बधाई

21.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । एकै पटक पाँचवटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मी धुर्कोट गाउँपालिका-३ की मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मनीषालाई बधाई दिनुहुँदै अब कामको सफलताको शुभकामना पनि दिनुभएको हो । मनीषाको सफलताले मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिएको ओलीले उल्लेख गर्नुभएको छ ।

मनीषाले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गर्नुभएको हो ।

उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गर्नुभएको हो ।