८ असार २०८३, सोमबार

चिसो बढेपछि कञ्चनपुरका शैक्षिक संस्था बन्द

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ माघ । अत्यधिक चिसो बढेपछि कञ्चनपुरमा सामुदायिक र संस्थागत विद्यालयमा दुई दिन शैक्षिक बिदा दिइएको छ । बेलौरी, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माघ ४ र ५ गते दुई दिन सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत मानबहादुर केसीले भयो, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”

शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठेरो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिका निमित्त कार्यकारी अधिकृत मोहन फुलाराले बताउनुभयो ।

जाडोका कारण विद्यार्थी बिरामी पर्ने र कक्षाकोठामै थरथर काँप्न थालेपछि नगरपालिका क्षेत्रका विद्यालयमा बिदा दिएको उहाँको भनाइ छ । कञ्चनपुमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।