७ श्रावण २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा पुगेको छ । बुधबारको तुलनामा पाउण्को भाउ बढेको छ । बुधबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३४ पैसा रहेको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।