५ श्रावण २०८३, मंगलबार

धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ३ घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ४ माघ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् ।