१९ असार २०८३, शुक्रबार

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चारजना निर्वाचित हुनुभएको छ । गत पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित हुनु भएको हो । उहाँ बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित हुनु भएको हो ।

भट्टराईले बैंकिङ र बीमा क्षेत्रमा साढे ३ दशक लामो अनुभव हासिल गरिसक्नु भएको छ। उहाँले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्वसमेत गरिसक्नु भएको छ ।

साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ भने सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित हुनु भएको हो । नवनिर्वाचित सञ्चालक समितिको सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।