
काठमाडौं, ३ माघ । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शूल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिँदा पनि बिना कुनै शूल्क बाहिरन सकिने सुविधा प्रदान गरेको क्यापीटलले जानकारी दिएको छ ।
क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शूल्क लिने जनाएको छ। क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ ।
साथै, यो योजना उपभोग गर्न न्यूनतम लगानी रकम वा शेयर दश लाखको हुनुपर्नेछ। योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत वा ह्वाटसएफ, भाइबर लगायतका सामाजिक संजालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्ने जनाइएको छ ।








प्रतिक्रिया