२ कार्तिक २०८३, सोमबार

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । गरिमा विकास बैंक लिमिटेडले गरिमा सरल एसएमई कर्जा सार्वजनिक गरेको छ ।

बैंकले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको हो।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।

योजन अन्तर्गत व्यवसाय र उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयबाट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।