
काठमाडौं, ३ माघ । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सत्ता पक्षका दलहरुले गठबन्धनलाई बलियो बनाएर राष्ट्रिय सभा सदस्यका लागि गरेको लेनदेन नेपाली राजनीतिका लागि राम्रो संकेत नभएको बताउनुभएको छ ।
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको केपी ओली कप फुटबलको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनपछि उहाँले सञ्चारकर्मीसँग उहाँले राष्ट्रिय सभा निर्वाचनका विषयमा सत्ता गठबन्धनको व्यवहारप्रति तिक्तता पोख्नुभयो ।
आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर लेनदेनको काम भएको भन्दै उहाँले राजनीतिमा राम्रो संकेत नभएको बताउनुभएको हो ।
‘सत्तापक्षका दलहरुले आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर जुन खालको लेनदेनको काम गरे त्यो राजनीतिमा राम्रो कुराको संकेत होइन,’उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले बोलाएको वार्तामा टीआरसी विधेयकलाई पीडितहरुको पक्षमा भन्दा पीडकहरुलाई संरक्षण गर्ने हिसाबमा ल्याउन खोजेको र राष्ट्रिय सभामा हामीलाई ६/७ सिट दिएर टिसिआर विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजेको र चर्चित काण्डहरुलाई पनि ठूला ठूला नेता विशेष गरी सत्तापक्षका नेताहरुको नाम जोडिएका घटनामा एमालेले नरम दृष्टिकोण राख्दियोस् भन्ने खालका कुराहरु आएपछिहामीले राष्ट्रिय सभामा अनुचित सम्झौता नगर्ने भनेर १९ सिटमा एक्लै लड्ने निष्कर्षमा पुगेकोहो ।’
यस्तै, उहाँले कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षमा ल्याउन खोजेर विगतमा बामदेव गौतम र नारायणकाजी श्रेष्ठप्रति गरेको आफ्नै टिप्पणीलाई गलत तुल्याएको बताए ।















प्रतिक्रिया