३० जेष्ठ २०८३, शनिबार

गौशाला २६ को पहिचान सार्वजनिक गर्ने एकजना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरी गौशाला २६ (परिवर्तित नाम) को पहिचान सार्वजनिक गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको तस्वीर, नाम, थर सार्वजनिक गर्ने सङ्खुवासभाका केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

अन्यको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।