
काठमाडौं, ३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पर्वतबाट आउनुभएका कानूनका विद्यार्थीहरूले भेट गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री ओलीको निवास बालकोटमै पुगेर विद्यार्थीहरूले आज बिहान भेट गर्नुभएको हो । पर्वतको लिमीठाना माध्यामिक विद्यालय फलेबासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरू बिहानै बालकोट आउनु भएको र माघे संक्रान्तिमा बनाएको लड्डु पनि सँगै बसेर खाएको अध्यक्ष ओलीले सामजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
विद्यार्थीहरूसँगको भेटले आजको बिहान धेरै रमाइलो भएको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । उसो त केपी ओली युवाहरूसँग बढी घुलमिल गर्न रुचाउने नेतामा पर्नुहुन्छ । ओलीप्रति युवाहरूको पनि आकर्षण विचित्रको छ ।
भेटमा अध्यक्ष ओलीले विद्यार्थीसँग ‘कानुन कसरी बनाइन्छ’ भन्ने कुरा कानुनका विद्यार्थीलाई अनुभव सुनाउनु भएको थियो । संघ, प्रदेश र स्थानीय तहले कानून बनाउन सक्ने भन्दै त्यसका आ–आफ्नै प्रक्रिया रहेको उहाँले विद्यार्थीहरूलाई जानकारी दिनुभयो ।
भेटका क्रममा अध्यक्ष ओलीले विद्यार्थीहरूलाई काठमाडौंमा के–के हेर्यौ त ? सोध्नुभएको थियो । त्यसक्रममा विद्यार्थीहरूले सर्वोच्च अदालत हेर्न जाने उत्तर दिनु भएको थियो ।
‘मैले सोधें- ‘काठमाडौंमा के के हेर्यौ त ? उनीहरू सर्वोच्च अदालत हेर्न जाने भन्दै थिए। अनि भन्दै थिए – वकील बन्ने हो, न्यायाधीश बन्ने हो ।’, अध्यक्ष ओलीेले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।








प्रतिक्रिया