२१ असार २०८३, आइतबार

खेल क्षेत्रको विकासका लागि तीनै तहको सरकारको प्रयत्न आवश्यक : उपप्रधानमन्त्री खड्का

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै खड्काले पूर्णरुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको बिकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताउनुभएको हो ।

उहाँले खेल क्षेत्रकालागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरुलाई पनि अघि बढाउनुपर्ने धारणा राख्नुभयो । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै खेलाडीहरुको उत्साहलाई राज्यले सन्तोषजनक रुपमा बुझ्न नसकेको उहाले बताउनुभयो ।

उहाले अन्तराष्ट्रिय स्तरका क्रिकेट, फुटबल लगाएत इन्डोर खेलका लागि पूर्वाधार बनाउन पनि सरकार प्रतिवद्ध भएर लाग्ने जिकिर गर्नुभयो । ललितपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगीता अन्तर्गत विभिन्न विधाका खेलहरु हुने बताइएको छ ।