५ असार २०८३, शुक्रबार

काठमाडौं क्रियाशील नभइ एमालेको ‘मिसन ८४’ पूरा हुँदैन : आनन्द पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले काठमाडौं क्रियाशील नभएसम्म एमालेको मिसन ८४ पूरा नहुने बताउनु भएको छ । त्यसकालागि सर्वप्रथम काठमाडौंमा विजय हासिल गर्नुपर्ने उहाँको भनाइ छ ।

एमालेको काठमाडौं जिल्ला कमिटी भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले काठमाडौंसँगै पूरै मुलुकलाई ब्यूँझाउन आवश्यक रहेको औंल्याउँदै त्यसका लागि सर्वप्रथम काठमाडौं क्रियाशील हुन आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सिंगो देशलाई सन्देश दिनुपर्नेछ । त्यसकालागि काठमाडौं विजयहासिलनगरिकन मिसन ८४ पूरा हुन सक्दैन् अर्थात काठमाडौंबाटै क्रियाशीलता बढाउनुपर्छ ।’

उहाँले काठमाडौंमा माघ २० गते युवा अभियान एवं युवा महोत्सव आयोजना गर्न लागेको भन्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो । एकदिन गरेको कामले मुलुक जाग्ने भन्दै महोत्सव एमालेका लागि मात्र नभइ तमाम विद्यार्थीहरु एवम युवाहरुका लागि केन्द्रीत गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो महत्वपूर्ण कार्यभार भनेको युवा परिचालन हो । युवाको नेतृत्वबाट विकास सम्भव छ । युवालाई परिचालित गरेर पार्टीमा युवाप्रतिको आकर्षण बढाउनु पर्नेछ । पहिलो पटक ७५ जिल्लामध्ये काठमाडौंले माघ २० गते युवा अभियान वा युवा महोत्सवको योजना बनाएको हो । यसलाई सामान्य रुपमा नहेरौं । हामीले लिएको लक्ष्यअनुसार १० हजार युवा परिचालन गर्न सकियो भने काठमाडौंलाई मात्रै होईन्, सिंगो मुलुकलाई फाइदा हुन्छ ।’