
हेटौंडा, ३ माघ । काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा कार्यरत एक चिनियाँ कामदारले एक नेपाली किशोरीमाथि कुटपिट गरेका छन् ।
मंगलबार साँझ मकवानपुरको बकैया गाउँपालिका-१२ भट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी-१ बस्ने १८ वर्षीया फुलमाया लुङ्बालाई फास्ट ट्रयाकमा कार्यरत ५१ वर्षीय थान काई युनले हातपात गरेका हुन् । त्यसपछि किशोरीको आफन्त तथा स्थानीयहरुले चिनियाँ नागरिक युनलाई पनि कुटपिट गरेर घाइते बनाएका छन् ।
किशोरी स्थानीय मेडिकलबाट डिस्चार्ज भइसकेकी छिन् । चिनियाँ नागरिक युनको भने प्रहरी निगरानीमा हेटौंडामा उपचार भइरहेको बताइएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया