२ असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ जना कर्मचारी, को-को भए बिदा ? (सूचीसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जना कर्मचारी हटाउनु भएको छ ।

माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै आफ्नै सचिवालयबाट शुद्वीकरण थाल्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।