६ असार २०८३, शनिबार

जलहरी प्रकरण: तत्कालीन सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । पशुपतिनाथको जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापासँग तीन लाख धरौटी माग भएको छ ।

विशेष अदालतका न्यायाधीसद्वय डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरमा सुनको जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।