१६ असार २०८३, मंगलबार

त्रिशूली नदीमा गाडी खसेको आशंका

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको हुन सक्ने आशंका गरिएको छ ।

सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालन गरी गाडीको खोजी सुरु गरिएको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा ४ बजे स्थानीयवासीले त्रिशूली नदीमा गाडी खसेको जानकारी दिएका थिए । उक्त गाडी कस्तो प्रकारको र कहाँबाट कहाँ जाँदै गरेको थियो भन्ने खुलेको छैन ।

मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङका अनुसार पानीमा बत्ती बलेको देखिए पनि अहिले निभेको छ । गाडी कस्तो खालको र कहाँ खसेको हो भन्ने पत्ता लाग्न बाँकी नै रहेको छ ।

गोताखोर टोली डुंगा लिएर नदीमा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।