
काठमाडौं, १ माघ । नेकपा (एकीकृत समाजवादी)ले नेपाल सरकारले विभिन्न देशसँग गरेका सन्धि सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताका बारेमा विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेका सम्झौता सहमति लगायतका दस्तावेज माग गरी अध्ययन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार, बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टीलाई आफ्ना कामकारबाहीको विवरण बुझाउन निर्देशन समेत दिएको छ । बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।









प्रतिक्रिया