५ असार २०८३, शुक्रबार

गोपाल गिरी पत्रकारिता पुरस्कार पासवानलाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा), १ माघ  । यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु ५० हजार तथा कदरपत्र सहितको उक्त पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा महासंघका सचिव दीपेन्द्र चौहानले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि गोपाल गिरीले गर्नुभएको योगदानकोे चर्चा गर्नुभयो । पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, पर्सा महासंघका पूर्व अध्यक्ष अशोक तिवारी, स्व. गिरीका सुपुत्र गिरिश गिरी, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालको राजनीनितिक क्षेत्रमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका तत्कालीन अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते विद्रोही समूह माओवादीले हत्या गरेको थियो ।