३ श्रावण २०८३, आइतबार

ललितपुरको कृष्णमन्दिर नजिकै इनारमा खसिन् महिला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।

ललितपुर प्रहरीका अनुसार महालक्ष्मी नगरपालिकास्थित इमाडोलको कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूतन प्रधान इनारमा खसेकी हुन् ।

कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेकी बेला स्ल्याब फुटेर उनी इनारमा खसेकी हुन् । उनको उद्धारकार्य भइरहेको छ ।

उनको उद्धारका लागि प्रहरीको विपत् व्यवस्थापन सामाखुसीको टोली इमाडोल पुगेको ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले जानकारी दिए ।