२८ असार २०८३, आइतबार

एमाले हेटौंडा–८ ले निर्माण गर्‍यो आफ्नै पार्टी कार्यालय भवन

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ माघ । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमिटीले कमानेमा आफ्नै पार्टी कार्यालय भवन निर्माण गरेको छ ।

वडा कमिटीको आफ्नै जग्गामा पार्टी भवन निर्माण गरिएको हो । एमालेका संगठित सदस्य, साधारण सदस्यहरु, शुभचिन्तकहरुको सहयोगमा पार्टी कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य कुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी कार्यालय भवन निर्माण गर्नका लागि ढुंगा, इट्टा, बालुवा, सिमेन्ट, रड लगायतका सामाग्रीहरुको सहयोग प्राप्त भएको थियो । भवन निर्माण गर्नका लागि करिब ६ महिना लागेको थियो ।

कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवनमा एउटा हल, कार्यालय कोठा, शोचालय रहेको छ ।