२१ जेष्ठ २०८३, बिहिबार

अध्यक्ष ओलीद्वारा माघे संक्रान्तिको शुभकामना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माघे संक्रान्ति र माघीको शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत माघे संक्रान्ति र माघीको शुभकामना दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सबैको जीवनमा घिउ–चाकुझैँ मिठास छाओस्, तिलका सहस्र दानाझैँ सफलता बढ्दै जाओस् । आज पूर्वदेखि पश्चिमसम्म विभिन्न संस्कृति अनुसार ढिकरी, भक्का, तरुल र सख्खरखण्डजस्ता खनिज परिकार खाइन्छ । माघे संक्रान्ति अनि माघीको शुभकामना !’

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।