२१ असार २०८३, आइतबार

आजको मौसम : यी ३ प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

सोमबार राति देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गत चौविस घण्टामा सबैभन्दा धेरै चिसो जुम्लामा भएको छ । त्यहाँको तापक्रम घटेर माइनस ५ दशमलव २ डिग्रिमा झरेको छ । यस्तै काठमाडौंको तापक्रम पनि घटेर ५ दशमलव २, पोखराको ८ दशमलव २, डडेलधुरा ४ दशमलव ५ र धनगढीको तापक्रम ७ दशमलव २ डिग्रि सम्म पुगेको छ ।