
विराटनगर, १ माघ । पराल थन्क्याउन कुन्यू बनाउने क्रममा झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ ।
आफ्नै घरनजिक परालको कुन्यू बनाउने क्रममा गौरादह–४ डोरामारीका ६३ वर्षीय कर्णबहादुर बस्नेतको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार अपराह्न लडेर सिकिस्त घाइते हुनुभएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । त्यहीँ उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया