
काठमाडौं, २९ पुस । यस वर्षको प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो ।
त्यस्तै प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।









प्रतिक्रिया