
काठमाडौं, २९ पुस । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गर्नुभएको छ ।
आइतबार दिउँसो उहाँले शरीरमा आगो सल्काएर आत्मदाहको प्रयास गर्नुभएको हो । आत्मदाह गर्नेक्रममा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पस्नुभएको थियो ।
‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उहाँले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
अर्धचेत अवस्थामा देखिनुभएकी गिरीलाई प्रहरीले अस्पताल लगेको छ । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हाल्नुभएको छ ।








प्रतिक्रिया