५ असार २०८३, शुक्रबार

राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ ।

आइतबार एक सूचना जारी आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख पचास हजार मात्र खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो । ‘२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची १ ले रु.३,५०,०००।(अक्षेरेपी रू.तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ,’ आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

तोकिएको खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने पौडेलले बताउनुभयो ।

त्यस्तै उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

साथै निर्वाचन सकिएपछि खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन समेत दिएको छ ।