२२ असार २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकले दश प्रतिशत लाभांश दिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले शनिबार पोखरामा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ । सभाबाट आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पार्नुभएको थियो । सोही समारोहमा बैंकका पूर्व अध्यक्ष मीनप्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।