२५ जेष्ठ २०८३, सोमबार

इलाम–२ मा पहिचानवादीहरुले साझा उम्मेदवार उठाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ पुस । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेदवार उठाउने भएका छन् ।

‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले इलाममा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको हो ।

संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पद खाली छ ।

सुनसरीको धरानमा भएको समितिको बैठकले उक्त क्षेत्रमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले अन्य विभिन्न विषयमा पनि निर्णय गरेको छ । संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउने निर्णय गर्दै सो दिन आमहड्ताल गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाए आमहड्ताललाई अनिश्चितकालीन रूपमा लम्ब्याउने चेतावनी संघर्ष समितिले दिएको छ ।

पहिचानको आन्दोलन जनसमुदायिकरण, राष्ट्रिय, अन्तर्राष्ट्रियकरण भएको र कसैले हार्नु नपर्ने, पुनः नामकरण भए आम जनताको जित हुने बुझेर आन्दोलन अझ सशक्त बन्दै गएको बैठकमा भएको समीक्षाले निष्कर्ष निकालेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताउनुभयो ।

बैठकमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगालगयतको सहभागिता थियो ।