६ असार २०८३, शनिबार

एसियन कपमा चीन र ताजकिस्तानले बराबरी खेले

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । एएफसी एसियन कप फुटबलमा चीन र ताजकिस्तानले बराबरी खेलेका छन् ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा समूह एमा रहेको चीन र ताजकिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।

चीनविरुद्ध ताजकिस्तानले बल पोसेसन बढी राखे पनि गोल गर्न भने असफल भयो । ८२ औं मिनेटमा चीनका लागि झू चेनले गोल गरे पनि भारले चेक गरेर अफसाइड घोषणा गरे पछि त्यसले मान्यता पाएन ।

बराबरीसँगै दुवै टिमले तालिकामा एक एक अंक लिएका छन् । समूह एमा घरेलु टोली कतार स्पष्ट ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा चीन र ताजकिस्तान एक एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लेबनानले भने खाता खोल्न सकेको छैन ।