२८ असार २०८३, आइतबार

महिला टी २० का लागि बन्द प्रशिक्षणमा २४ खेलाडी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । मलेसियामा अर्को महिना आयोजना हुने एसीसी वुमन्स प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

इन्दु बर्माको कप्तानीमा टोली घोषणा गरिएको हो । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ क्यानले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

यही २४ जनाबाट अन्तिम १४ को सूची सार्वजनिक हुने छ । महिला टोलीमा यसोदा विष्ट, आरती महतो र ज्योत्सिन्का मरासिनीले पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा स्थान बनाएका छन् ।

प्रधानमन्त्री कपमा विष्ट बागमती प्रदेश, महतो मधेश प्रेश र मरासिनीले गण्डकी प्रदेशबाट खेलेका थिए । फेब्रुअरी १० देखि १८ तारिखसम्म मलेसियामा आयोजना हुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउँदै छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीको सूची :

इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी ।