२१ असार २०८३, आइतबार

प्रधानमन्त्री कप : लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २८ पुस । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थनगर मैदानमा भएको शनिबारको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु हुँदा खेल ४२ ओभरमा झारिएको थियो । जसमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १११ रन बनाएको थियो ।

गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाउँदा कृष्ण एरले १९ रन जोडे । त्यसैगरी अमृत गुरुङले १३ रन बनाउँद समीर कँडेलको ब्याटबाट पनि १३ रन बनेको थियो । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए । मोहमद हुसेनले २ विकेट लिँदा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले एक–एक विकेट हात पारे ।

११२ रनको लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । लुम्बिनीलाई जित दिलाउन मृनल गुरुङले ४७ रनको पारि खेल्दा मोहमद हुसेनले २१ रन बनाए ।

यस्तै विराट भण्डारीले १० तथा कृष्ण कार्कीले ९ रन जोडे । कप्तान सुशान्त थापा २ रनमा आउट भएका थिए ।

गण्डकीका कृष्ण कार्कीले ३ विकेट लिँदा कमल परियारको नाममा पनि ३ विकेट नै रह्यो ।