२० असार २०८३, शनिबार

हेटौंडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाए

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

हेटौंडा, २८ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक जना भाइले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

आज शनिबार दिउँसो हेटौंडा-४ चिल्ड्रेन पार्क गर्दोइ बस्ने २८ वर्षीय रवि गिरीले आफ्नै दाजु ३२ वर्षीय कुमार गिरीलाई पेट्रोल छर्की आगो लगाएका हुन् ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा रविले आफ्नै दाजुको शरीरमा पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँका अनुसार गम्भीर घाइते कुमारलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

पेट्रोल छर्की आगो लगाउने रविलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।