३१ जेष्ठ २०८३, आइतबार

डिएलए बागमती प्रदेशको अध्यक्षमा जनकराज श्रेष्ठ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) बागमती प्रदेशको अध्यक्षमा अधिवक्ता जनकराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

बागमती प्रदेश स्तरीय भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा अधिवक्ता रामकृष्ण शर्मा, सचिवमा अधिवक्ता रामचन्द्र ओझा, सहसचिवमा राजेश्वरी महर्जन, कोषाध्यक्षमा प्रियकुमार थापा चयन हुनुभएको छ ।

यसैगरी, सदस्यहरुमा अधिवक्ता रामचन्द्र भट्ट, सुवासचन्द्र अधिकारी, बुद्धरत्न प्रजापति, जयराम थापा, रंगिता आचार्य, माइलाकाजी महर्जनलाई मनोनयन गरिएको छ ।

डिएलए नेपालका केन्द्रीय उपाध्यक्ष अधिवक्ता जनकराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनिया, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बाँनिया, नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरे तथा कांग्रेस केन्द्रीय निर्वाचन समितीका संयोजक तथा नेपाल सरकारका पूर्वमहान्यायधिवक्ता अधिवक्ता खम्मबहादुर खाती तथा वरिष्ठ अधिवक्ताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा डिएलए नेपाल, बागमती प्रदेशका १३ वटैजिल्लाबाट डिएलए जिल्ला अध्यक्षहरुका साथै कानून व्यवसायीहरुको उपस्थिति रहेको थियो ।